बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

कामपाको कामप्रति राजनीतिक दलको चासो

  • प्रकाशित मिति : आइतवार, साउन २७, २०७५



  • काठमाडौ,२७ साउन – काठमाडौँ महानगरपालिकाका पुनःनिर्माण र आर्थिक गतिवितिलाई लिएर राजनीतिक दलले चासो देखाउन थालेका छन् ।

    केही समयअघि साझा पार्टीका तर्फबाट रञ्जु दर्शनाले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई भेटी रानीपोखरीको पुनःनिर्माण छिटो गर्न आग्रह गर्दै यसअघि निर्माण गर्दाको विवरण माग गर्नुभएको थियो ।
    गत शुक्रबार पनि नयाँ शक्ति पार्टी काठमाडौँले कामपाका प्रमुख शाक्यसँग भेटेर आर्थिक वर्ष २०७४ ÷०७५ मा महानगरले स्वीकृत गरेको कार्यक्रम र भएको खर्चको विवरण मागसँगै सार्वजनिक छवि सुधारका लागि गम्भीर हुन आग्रह गरेको थियो । समितिका संयोजक मानुषी भट्टराईको नेतृत्वमा आएको टोलीको ज्ञापनपत्र बुझ्दै प्रमुख शाक्यले पछिल्लो समय राजनीतिक दलले महानगरको विाषयमा देखाएको चासो र चिन्ताले आफूहरुलाई विकासको काम गर्न थप ऊर्जा प्राप्त भएको बताउनुभयो ।
    प्रमुख शाक्यले २०७२ सालको भूकम्पका कारण क्षति पुगेको ऐतिहासिक संरचना र अन्य विकासको काम आफ्नो मुख्य प्राथमिकतामा परेको बताउनुभयो । शाक्यले भन्नाुभयो, राजनीतिक दलहरुले कामपाको बरेमा राखिएको चासोका कारण स्थानीय तहको हरेक कम पारदर्शी हुने छ ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij