आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सप्तरीमा सवारी दुर्घटना अत्यधिक

  • प्रकाशित मिति : मङ्लबार, साउन २९, २०७५



  • राजविराज, २९ साउन (रासस)- सप्तरीमा सवारी दुर्घटना अत्यधिक हुने गरेको छ ।

    आर्थिक वर्ष २०७४÷७५ मा जिल्लामा ३२० सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका थिए भने १८९ जना गम्भीर तथा ३४४ जना समान्य घाइते भएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार गत आवमा ३७ ट्रक, ५३ बस, ५९ कार÷जीप, २३ ट्याक्टर, पाँच टेम्पो र २४४ मोटरसाइकल दुर्घटना भएको थियो ।

    सवारी साधनको अत्यधिक चाप, पूर्व–पश्चिम राजमार्ग साँघुरो हुनु, वैकल्पिक सडक नहुनु, तीव्र गतिमा सवारी साधन हाँक्नु, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनुलगायत कारणले दुर्घटना अत्यधिक भएको श्रेष्ठले बताउनुभयो । गत आवमा नियम उल्लङ्घन गरी सवारी साधन हाँक्ने ५३ हजार ६२४ चालकलाई कारबाही गरिएको थियो । कारबाहीबाट रु तीन करोड १४ लाख ५८ हजार राजश्व सङ्कलन भएको छ । आव २०७२÷७३ मा २८३ सवारी साधन दुर्घटना हुँदा ५१ जना तथा आव २०७१÷७२ मा १७८ सवारी साधन दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij