आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दलित समुदायलाई पञ्चेबाजा

  • प्रकाशित मिति : मङ्लबार, साउन २९, २०७५



  • वालिङ, २९ साउन -स्याङ्जाको भीरकोट नगरपालिका–९ वडाले दलित समुदायलाई पञ्चेबाजा सहयोग गरेको छ ।

    लोप हुने अवस्थामा रहेका कारण त्यसको संरक्षण गर्ने उद्देश्यले दलित समुदायलाई रु एक लाख पचास हजार बराबरको पञ्चेबाजा सहयोग गरिएको वडाध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो । “दलित समुदायले माग गरेपछि सहयोग गरेका हौँं” उहाँले भन्नुभयो ।

    बाजा बजाउने पेशा अँगाल्दै आएको सो वडाको दलित समुदाय पेशाबाट विस्थापित हुँदै गएको अवस्थामा संरक्षण गर्न दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल र नरसिंहा प्रदान गरिएको हो । विगतदेखि नै विवाह तथा अन्य चाडपर्वमा भीरकोट–९ को दलित समुदायले पञ्चेबाजा बजाउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij