आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साफ यु १५ को सेमिफाइनलमा नेपाल र भारत भिड्दै

  • प्रकाशित मिति : बिहिबार, साउन ३१, २०७५



  • भुटानमा जारी दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ।

    भुटानको चाम्लिङथाङ रंगशालमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजेपछि शुरू हुने खेलमा उपाधिको दावेदार भारतलाई पराजित गर्दै नेपाल पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ। तर, साविक उपविजेता भारतलाई पराजित गर्न नेपालाई सहज छैन।

    अघिल्लो संस्करणको फाइनलमा बंगलादेशसँग पराजित भएको भारत यस पटक लयमा देखिएको छ।

    समूह ‘ए’ को विजेतासमेत रहेको  भारतले समूह चरणमा १३ गोल गरेको छ भने कुनै पनि गोल खाएको छैन। पहिलो खेलमा श्रीलंकालाई १२ गोल गरेको भारतले दोस्रो खेलमा घरेलु टोलीलाई १-० गोल अन्तरमा हराउँदै समूह विजेता बनेको हो।

    समूहको उपविजेता बनेको नेपालले समूह ‘बी’ मा पहिलो खेलमा पाकिस्तानलाई ४–० ले हराए पनि दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ३-० ले पराजित भएको थियो।

    आजै हुने दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशले आयोजक भुटानको सामना गर्नेछ।

    बंगलादेश समूह ‘बी’ को विजेता तथा भुटान समूह ‘ए’ का उपविजेता हो। समूह चरणका बंगलादेशले श्रीलंकालाई १४–० ले तथा नेपाललाई ३–० ले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउदा भुटानले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ६–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

    ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij