आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरला नाका नजिक मुस्ताङ भन्सारले माग्यो एक हजार रोपनी जग्गा

  • प्रकाशित मिति : बुधबार, भदौ ६, २०७५



  • news

    मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले बहुचर्चित उत्तरी कोरला नाकाको २४ नम्बर पिलर नजिक एक हजार रोपनी जग्गा कार्यालयको नाममा उपलब्ध गराईदिन माग गरेको छ ।

    निकट भविष्यमा उत्तरी कोरला नाका खुल्ला भएपछि कार्यालयका लागि पूर्वाधार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन स्थानीय प्रशासनसँग माग गरेको हो ।

    भन्सार कार्यालयले कोरला नाका सञ्चालनलाई लक्षित गरेर उक्त स्थानमा कार्यालय भवनका अतिरिक्त प्लान्ट क्वारेन्टाईन, एनिमल क्वारेन्टाईन, कर्मचारी आवास गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेनर पार्किङ र सुरक्षा प्रवन्धलगायतका लागि जग्गा माग गरेको जनाएको छ ।

    कार्यालयले हाल बिस्तार भइरहेको बेनी–जोमसोम–कोरला सडकको दायाँ र बायाँतर्फ ५/५ सय गरी कूल १ हजार रोपनी जग्गा आवश्यक परेको उल्लेख गरेको छ ।

    यसअघि मुस्ताङ भन्सार कार्यालयले कोरला नाका नजिक जग्गा प्राप्तिका लागि उत्तरी सीमावर्ती नाकासँग जोडिएको लोमान्थाङ गाउँपालिकाको पनि मञ्जुरी प्राप्त गरिसकेको छ ।

    आर्थिक वर्ष २०७३/७४ मा कोरला नाकाको १३ किमी नजिक छोसेरको नेचुङ नजिकैको खाली जमिनमा भन्सार, अध्यागमन, ईलाका प्रहरी र सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका संरचना निर्माण गर्न १ सय ९ रोपनी जग्गा प्राप्त भए पनि हालसम्म त्यहाँ कुनै संरचना निर्माण गरिएको छैन ।

    प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले कोरला पूर्वाधार निर्माण गर्न भन्सारले माग गरेको जग्गा प्राप्ति गर्न मन्त्रिपरिषद्को स्वीकृतिका लागि प्रक्रिया अघि बढाईने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij