प्रकाशित मिति : शुक्रबार, भदौ १५, २०७५
भारतविरुद्धको चौथो टेष्ट क्रिकेटको पहिलो इनिङ्समा इङ्ल्याण्डले कमजोर ब्याटिङ गरेको छ।
भारतीय कसिलो बलिङसामू इंग्ल्यान्डको ब्याटिङ फेरि एकपटक राम्रोसँग चल्न सकेन।
चौथो टेस्टको पहिलो दिन बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली पहिलो इनिङ्समा २ सय ४६ रनमा अलआउट भएको थियो।
पाँच टेस्टको शृंखंलामा २–१ ले अगाडि रहेको इंग्ल्याडका लागि युवा अलराउन्ड साम कुरानले सर्वाधिक ७८ रन बनाएका थिए।
३५ ओभर भन्दा कममै घरेलु टोलीले ८६ रन जोड्दा ६ विकेट गुमाईसकेको थियो। यस्तो अवस्थामा कुरानले अन्तिम विकेटका रूपमा आउट हुँदै १३६ बलको सामना गर्दै ८ चौका र एक छक्कासहित अर्धसतक पुरा गरेका थिए।
घरेलु टोलीका लागि मोइन अलिले ४०, बेन स्कोक्सले २३, जोस बटलरले २१, मोइन अलि र स्टुवार्ट बोर्डले १७ रन जोडेका थिए।
भारतीय कप्तान विराट कोहलीले अघिल्लो टेस्टकै टोलीलाई निरन्तरता दिएको खेलमा इंग्लिस इनिङ्स धरासायी बनाउन जसप्रित बुमराहले उच्च प्रदर्शन गर्दै तीन विकेट लिए।
यस्तै इशान्त शर्मा, मोहम्मद सामी र रविचन्द्रन आश्विनले समान २-२ विकेट लिँदा हार्दिक पाण्ड्याले १ विकेट लिएका थिए ।
पहिलो दिनमै जवाफी ब्याटिङ गरेको भारतले बिना विकेटको क्षति १९ रन बनाएर खेलिरहेको छ।
भारतका लागि शिखर धवन ३ र केएल राहुल ११ रनमा अविजित छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij