बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

साँघु तर्नेक्रममा खोलामा खसेर श्रीमान्–श्रीमतीको मृत्यु

  • प्रकाशित मिति : शनिबार, भदौ १६, २०७५



  • रुकुम, भदौ १६ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा एक दम्पतीको साँघुबाट खसेर मृत्यु भएको छ ।

    बाँफीकोट गाउँपालिका–८, दुलीगाउँ निवासी ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफीकोटको बडगाई खोलामा रहेको साँघु तर्नेक्रममा खोलामा खस्दा बगेर मृत्यु भएको हो ।

    साँघुभन्दा करिब २०० मिटर पर श्रीमान्को शव र १५० मिटर पर श्रीमतीको शव फेलापरेको प्रहरीले शनिबार जनाएको छ ।

    रुकुम पश्चिममा रहेका अधिकांश खोलामा पुल नहुँदा स्थानीयहरु जोखिमपूर्ण साँघु तर्न बाध्य छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij