आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इंग्ल्यान्डले एक खेल अगाबै भारतविरुद्धको टेष्ट सिरिज जित्यो

  • प्रकाशित मिति : सोमवार, भदौ १८, २०७५



  • एक खेल अगावै घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेष्ट क्रिकेट सिरिज जितेको छ।

    आइतबार चौथो टेष्टमा भारतलाई ६० रनले हराउँदै इंग्ल्यान्डले सिरिज आफ्नो बनाएको हो ।

    साउथह्याम्पटनमा घरेलु टोलीले दिएको २४५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारत आइतबार अलआउट हुँदै १८४ रनमा समेटिएको थियो।

    इंग्ल्यान्डले दिएको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतका लागि कप्तान विराट कोहली र  अजिन्का रहाणेले अर्धसतीय पारी खेले पनि टोलीला हारबाट जोगाउन सकेनन्। भारतका लागि कोहलीले ५८ र राहणेले ५१ रन जोडेका थिए।

    रविचन्द्र आश्विनले २५ ऋषभ पन्तले १८ तथा शिखर धवनले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो रकनको स्कोर छुन सकेनन्।

    इंग्ल्यान्डका मोइन अलीले ४ विकेट लिँदा बेन स्ट्रोक्स र जेम्स एन्डरसनले समान २-२ विकेट लिएका थिए।

    यसअघि पहिलो इनिङसमा २६४ रन बनाएको इंल्याण्डले दोस्रो इनिङसमा २७१ रन जोडेका थियो।

    इंग्ल्यान्डको लागि जोस बट्लरले ६९ रनको अर्धशतकीय पारी खेल्दा कप्तान जोए रुटले ४८ रन तथा स्यामुएल कुरनले ४६ रन बनाएका थिए। भारतका मोहमद शामीले ४ विकेट हात लिएका थिए।

    यसअघि भारतले पहिलो इनिङ्समा २७३ रन बनाएको थियो भने दोस्रो इनिङ्समा १८४ रनमै अलआउट भयो।

    यो जितसँगै इंग्ल्यान्डले भारतविरूद्धको सिरिज एक खेल बाँकी रहँदै ३–१ ले जितेको हो। अब दुई टोलीबीचको अन्तिम तथा पाँचौ टेष्ट शनिबार सुरू हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij