बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पहिरोमा पुरिएर एकै घरका तीन बालबालिकाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, भदौ १८, २०७५



  • सल्यानमा पहिरो घरमा खस्दा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ।

    जिल्लाको बागचौर नगरपालिका वडा नं. १२ बाफुखोलामा माथिबाट झरेको पहिरो घरमा पस्दा ४ वर्षीया मेनुका डाँगी, ६ वर्षीय ललित डाँगी र ८ वर्षीया ललिता डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवम् डिएसपी दिलेन्द्रबहादुर शाहीले जानकारी दिए।

    आइतबार बेलुका साढे ५ बजेतिर अविरल वर्षापछि घर माथिवाट झरेको पहिरोका कारण उनीहरुको मृत्यु भएको शाहीले बताए। ‘तीन भाइ बहिना भान्सा कोठामा आगो तापेर बसेको समयमा माथिबाट झरेको पहिरो घर भित्रै पस्दा उनीहरुको मृत्यु भएको हो,’ प्रमुख शाहीले सेतोपाटीसँग भने।

    त्यतिबेला उनीहरुका अभिभाव भने गोठमा पशु चौपाया स्याहार्दै गरेको हुँदा जोगिएको प्रहरीले जानकारी दिएको छ। पहिरोमा पुरिएका मध्ये दुई जना बालबालिकाको शव फेला पारिसकेको र अर्का एकजना बालकको शवको खोजी भइरहेको शाहीले जानकारी दिए।

    यसअघि भदौ १२ गते राति घर भत्किदा बागचौर नगरपालिकाको वडा नं. ४ मा एकै परिवारका ५ जनाको मृत्यु भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij