आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१८ औं एसियाली खेलकुद सकियो, कुन देशले कति पदक जित्यो ?

  • प्रकाशित मिति : सोमवार, भदौ १८, २०७५



  • काठमाडौं । १८औं एसियाली खेलकुद समापन भएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा एसियाली खेलकुदको समापन गरिएको हो ।

    चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचासहित प्रतियोगिताको हिजो औपचारिक समापन गरियो । भव्य समारोहमा विभिन्न कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

    समापन समारोहमा एसियाली खेलकुदमा सहभागी ४५ देशका खेलाडी, अफिसियल, पत्रकार, अतिथि र दर्शक गरी ५५ हजार उपस्थित थिए ।

    यस्तै सहभागी देशका खेलाडी तथा अफिसियल मार्च पास गरेका थिए । नेपालको तर्फबाट टेवलटेनिस खेलाडी स्वेच्छा नेम्वाङले मार्च पास गरेकी थिइन् ।

    गत १८ अगस्टदेखि हिजोसम्म इन्डोनेसिया र पालेङबाङमा चलेको एसियाली खेलकुदमा ४५ देशका ११ हजार ३ सय खेलाडीले ४० खेलको ४ सय ५६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

    यसपटकको एसियाली खेलकुदमा पनि चीनले आफ्नो वर्चश्व जमायो । चीनले १ सय ३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी कुल २ सय ८९ पदक जित्यो ।

    पदक तालिकाको दोस्रो स्थानमा रहेको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी कुल २ सय ५ पदक हात पार्‍यो ।

    दक्षिण कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कास्य गरी जम्मा १ सय ७७ पदक जित्न सफल भयो ।

    चौथो स्थानमा आयोजक इन्डोनेसिया रह्यो । उसले ३१ स्वर्ण, २४ रजत र ४३ कास्य गरी कुल ९८ पदक हात पार्‍यो ।

    नेपालले भने १ रजत पदक मात्र जित्न सक्यो । नेपालले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री टिम इभेन्टमा रजत जित्यो ।

    प्रतियोगितामा सहभागी ४५ देश मध्ये ३७ देशले मात्र पदक जित्न सफल भए । १ रजत जितेकाले नेपाल पदक तालिकाको ३३औं स्थानमा रह्यो ।

    ८ देशले पदक जित्न सकेनन् । समारोहमा सन् २०२२ को एसियाली खेलकुद आयोजना गर्ने चीनको होन्जाउ प्रान्तका प्रमुखलाई एसियाली खेलकुदको झन्डा हस्तान्तरण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij