बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

धनुषामा अज्ञात समूहले प्रहार गरेको गोली लागेर एकजना घाइते

  • प्रकाशित मिति : मङ्लबार, भदौ १९, २०७५



  • धनुषा, भदौ १९ । धनुषाको लक्ष्मीनियाँमा अज्ञात समूहले प्रहार गरेको गोली लागेर एकजना घाइते भएका छन् ।

    जिल्ला प्रशासन कार्यालय धनुषामा लेखापढी व्यवसाय गर्दै आएका लक्ष्मीनियाँ गाउँपालिका–६ का ३५ वर्षीय सञ्जय शर्मा गोली प्रहारबाट घाइते भएका हुन् ।

    जनकपुरबाट मोटरसाइकलमा घर जाँदै गर्दा गएराति साढे ९ बजे शर्मामाथि लक्ष्मीनिया बजार नजिकै गोली प्रहार भएको हो । उनको पेटमा गोली लागेको छ ।

    मोटरसाइकलमा आएका २ जनाले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । शर्मालाई जनकपुर अञ्चल अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि काठमाडौं पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij