आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राप्तीमा छुटपुट उपभोक्ता समितिलाई पुःन तालिम

  • प्रकाशित मिति : बिहिबार, भदौ २१, २०७५



  • तिर्थराज ज्ञवाली , २१ भाद्र, मसुरीया (दाङ) । राप्ती गाउँपालिकाले यस आर्थिक बर्ष २०७५/७६ का योजनाहरुको छिटो छरितो र गुनासो रहित सम्पन्न गराउन निर्माण उपभोक्ता समितिका जिम्मेवार पदाधिकारीहरुलाई  सुरु गरेको अभिमुखीकरण तालिम लिन छुट भएका छुटपुट उपभोक्ता समितिलाई पुःन विहिवार मसुरीयामा  तालिम  दिईएको छ ।
    राप्ती गाउँपालिकाको सबै वडाहरुमा योजनाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण तालिम सम्पन्न गरिएको र ज्ञान लिन र काम तथा योजना सरल, सहज तवरले सम्पन्न होस भन्ने उदेश्यले छुटपुट उपभोक्ता समितिलाई पुःन तालिम  दिईएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभएको छ ।
    राप्ती गाउँपालिकाले ९ वटै वडामा भाद्र १ देखी भाद्र १५ लाई उपभोक्ता समिति तालिम दिनको रुपमा अगाडी सारेको थियो  । सो तालिममा विभिद कारण बस छुट्न पुगेका ९ वटै वडाका १२ योजनाका निर्माण उपभोक्ता समितिका जिम्मेवार पदाधिकारीहरुलाई  विहिवार तालिम दिईएको हो ।
    तालिममा सहभागी योजनाहरुको निर्माण समितिका पदाधिकारीहरुले गत आर्थिक वर्षमा योजना सञ्चालन गर्ने समयमाकेहि अफ्ठेरो भएको र काम तथा कागजी प्रक्रियामा झन्झट देखीएकोले  यस आर्थिक वर्षको सुरुवात संगै सञ्चालन हुने योजनाहरुको लागि गठित उपभोक्ता समितिहरुको लागि राप्ती गाउँपालिकाले तालिमको ब्यवस्था गरेकोमा खुसी ब्यक्क्त गरेका छन् ।
    उपभोक्ता समितिहरुका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई  दिईएको तालिममा प्राविधिक पक्ष  तथा योजनाको गुणस्तर, समन्वय, कागजि प्रक्रिया लगाएतका विषयमा जानकार गरिएको छ ।
    तालिम वडा नं ३ का अध्यक्ष चन्दर चौधरीको अध्यक्षता, राप्ती गाउँपालि अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ट आथित्यता तथा स्वीकृत योजनाका उपभोक्ता समितिका पदाधिकारीको सहभागीतामा सम्पन्न भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij