बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बेगनास तालमा डुंगा पल्टँदा एकजनाको मृत्यु, चार बेपत्ता

  • प्रकाशित मिति : शनिबार, भदौ २३, २०७५



  • news

    पोखरा, भदौ २३ । पोखराको बेगनास तालमा एक डुंगा पल्टँदा एकजनाको मृत्यु भएको छ । अरु चारजना बेपत्ता छन् ।

    मृत्यु हुनेमा कृष्णकुमारी बजगाइँ रहेकी छन् ।

    बेपत्ता हुनेहरुमा शंकर खनाल, शिव खनाल, रबिन खनाल र प्राचीन पौडेल रहेका छन् । बेपत्ता भएकाहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओमराज लामाले जानकारी दिए ।

    पोखरा महानगरपालिका–३१ स्थित कमलराज कँडेलको घरमा तीजको दर खान हिँडेका चेलीबेटी सवार डुंगा शनिबार दिउँसो पल्टिएको हो ।

    प्रहरीले कँडेलसहित सपना खनाल र निशा पौडेललाई भने जीवितै उद्दार गरेको थियो । उनीहरुको लेखनाथ सामुदायिक अस्पताल र गन्डकी अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    बढी भारका कारण डुंगा पल्टिएको अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij