प्रकाशित मिति : शनिबार, भदौ २३, २०७५
मधु पौडेल , बाँके । नेपालगंजको न्युरोडमा रहेको माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो ८ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष रसिद अहमद कुरैशीको अध्यक्षमा भएको सभाको उद्घाटन सभाका प्रमुख अतिथिमा नेपालगंज उपमहानगरपालिका मेयर डा. धवल समशेर राणा रहेका थिए । उद्घाटन सभालाई सम्वोधन गर्दै मेयर राणाले नगरको विकास,समृद्धि तथा खुशीयाली ल्याउने एउटा माध्यम भनेको सहकरी भएको बताए ।
मेयर राणाले भने,“सहकारी भनेको विकासको लागि आवश्यक एउटा माध्यम हो जसले सबैमा खुशीयाली ल्याउन मद्दत गर्दछ ।” मेयरले सम्वोधन कै क्रममा भने,“नगरपालिकाले पनि समुह बनाएर आएका सबैलाई तालिम र केही आर्थिक सहयोगका कार्यक्रम रहेको छ र यसबाट पनि नगर बासीले फाइदा लिन सक्ने छन,”। 
कार्यक्रमलाई सम्वोधन गर्दै मेयरले अवका ४ वर्षमा नेपालगंजलाई नेपालकै सुन्दर नगरको रुपमा विकास गर्ने दावी समेत गरेको छन । यसैगरी कार्यक्रमको उद्घाटन सभामा मतन्व्य राख्दै नगर स्तिरीय सहकारी संस्था सञ्जालका अध्यक्ष विजय धिताले अवका दिनमा सरकारी निति,विधि र प्रविधि युक्त हुनु पर्ने बताइन ।
कार्यक्रममा जिल्ला सहकारी संघ बाकेका अध्यक्ष पे्रम प्रसाद सुवेदी,युवा स्वरोजगार कोषका सचिव नितेश शर्मा,नेफस्कुनका कार्यक्रम संयोजक गोविन्द थापा,नेपाल अडियर्स एसोसियनका अध्यक्ष मोहम्मद जुवेर राई, लगाएतको उपस्थिति रहेको थियो ।
बार्षिक साधारण सभामा संस्थाका सचिव अम्बिका काफ्लेले स्वागत मन्तव्य दिइएकी दिइन । सहकारी ऐन २०४८ बामोजिम तत्कालीन सहकारी प्रशिक्षण तथा २०६८ साल जेष्ठ १३ गते दर्ता भई २५ जना सदस्यहरुबाट सुरुवात गरीएको यस सहकारीको हाल ५५४७ जना सदस्यहरु रहेका छन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij