बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बेगनास तालमा ढुंगा पल्टिँदा हराइरहेकाहरुको खोजी जारी

  • प्रकाशित मिति : आइतवार, भदौ २४, २०७५



  • news

    कास्की । कास्कीको बेगनास तालमा ढुंगा पल्टिँदा हराइरहेकाहरुको खोजी आज पनि जारी छ ।

    बेगनास तालमा हिजो ढुंगा पल्टिँदा हराइरहेका ६ जनाको आज बिहानैदेखि पुनः खोजी सुरु गरिएको हो ।

    तीजको दर खाएर फर्किने क्रममा डुंगा डुब्दा २ जनाको मृत्यु भएको थियो भने ६ जन हराइरहेका छन् ।

    दुर्घटनामा परेका ४ वर्षीय रञ्जित गैह्रे, ५ वर्षीय प्राचिन पौडेल, ७ वर्षीय शंकर खनाल, ८ वर्षीय शिव खनाल, १८ वर्षीया मनिषा बजगाईं र ३२ वर्षीय रवी खनाल बेपत्ता छन् ।

    गोताखोरको टोलीले उनीहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    दुर्घटनामा परेका सरला खनाल र निशा पौडेल सामान्य उपचारपछि घर फर्किएका छन् ।

    डुंगा डुब्दा पोखरा–२८ की कृष्णकुमारी वजगाँई र तनहुँ भिमादकी जमुना कँडेल गैह्रेको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij