बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

चिकित्सक संघद्वारा पूर्वघोषित आन्दोलन स्थगित

  • प्रकाशित मिति : मङ्लबार, भदौ २६, २०७५



  • news

    काठमाडौं । नेपाल चिकित्सक संघले पूर्वघोषित आन्दोलन स्थगित गरेको छ ।

    संघले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघको मागअनुसार मुलुकी संहिता संशोधन प्रक्रिया अघि बढाएकाले आजबाट गर्ने भनिएका आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जनाएको हो ।

    यद्यपी संघले देशभरका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकलाई सो ऐन संशोधन नहुन्जेलसम्मका लागि दवावमूलक कार्यक्रम भने यथावत राख्न भनेको छ ।

    मन्त्रालय र संघबीच यही भदौ १८ गते मुलुकी संहिता संशोधन गर्ने सहमति भएको थियो ।

    नेपल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले हस्ताक्षर गरिएको विज्ञप्तिमा प्रतिबद्धताअनुरुप यथाशीघ्र ऐन संशोधन नभए नेपाल चिकित्सक संघले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij