प्रकाशित मिति : बिहिबार, भदौ २८, २०७५
उनले फेसबुकमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई लक्षित गर्दै स्टाटस लेखेपछि उनलाई मंगलबार प्रहरीले बोगटीको उजुरीको आधारमा पक्राउ गरेको थियो ।
बुधवार महानगरीय प्रहरी परिसर टेकुमा अध्यक्ष बोगटीसँग माफी मागेपछि साढे १ बजे उनी छुटेका हुन् ।
उप्रान्त कसैको चरित्र हत्या नगर्ने र फेसबुकमार्फत् माफी माग्ने कागजी सम्झौता पश्चात् प्रहरीले उनलाई छाडेको हो ।
कलाकार खनालले रिहा भए लगत्तै फेसबुकमा ‘मैले २०७५ साल भाद्र २२ गते आफ्नो फेसबुक पेजमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रामकेशर बोगटी ज्यूका बारेमा मैले आबेशमा आइ अनाबश्यक शब्द म बाट लेखिन गै गल्ती हुन गएकोले म सार्वजनिक रुपमा सामाजिक संजाल मार्फत क्षमा याचना माग्दछु ।’ लेखेर माफी मागेका छन्।
कलाकार संघका अध्यक्ष रामकेशर बोगटीसँग माफी मागेका छन् । आवेशमा आएर अनावश्यक शब्द लेखिन गएको भन्दै उनले क्षमा मागेका छन् ।
केही दिन अगाडि उनले अध्यक्ष बोगटी भू-माफिया र भयानक ठग भएको भन्दै स्टाटस लेखेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij