बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

प्रवक्ता विश्वकर्मालाई काठमाडौं लगियो

  • प्रकाशित मिति : बिहिबार, भदौ २८, २०७५



  • news

    दाङ, भदौ २८ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बिहीबार काठमाडौं लगिएको छ ।

    बिहीबार दाङबाट उनलाई काठमाडौंतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

    शुक्रबार भोजपुरबाट दाङ ल्याइएका उनलाई सर्वोच्च अदालतले काठमाडौं झिकाउन पत्र काटेपछि पुनः काठमाडौं पठाइएको उपरीक्षक शर्माले बताए ।

    प्रवक्ता विश्वकर्माको डायरीमा दाङ, तुलसीपुरको घटनाबारेमा उल्लेख गरिएको भेटिएको भन्दै थप अनुसन्धानका लागि उनलाई दाङ ल्याइएको थियो ।

    विश्वकर्माका विषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले ८ दिन तोकेको थियो । त्यो म्याद नसकिँदै सर्वोच्चले काठमाडौं झिकाउन पत्र काटेको हो । तर, अनुसन्धान भने जारी रहने प्रहरी उपरीक्षक शर्माले बताए ।

    प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनताका नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई बिथोल्न तुलसीपुरमा बम विस्फोट गरिएको थियो । उक्त विस्फोटमा परी एक म्यादी प्रहरीको मृत्यु भएको थियो । सोही घटनामा संलग्न भएको आरोप प्रवक्ता विश्वकर्मामाथि लगाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij