आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सर्लाहीको लक्ष्मीपुरकोद्राहमा बसले किचेर एकको मृत्यु

  • प्रकाशित मिति : शनिबार, भदौ ३०, २०७५



  • सर्लाही । नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत सर्लाहीको लक्ष्मीपुरकोद्राह चौकमा आज बिहान बसले किचेर एक जनाको ज्यान गएको छ ।

    सदरमुकाम मलंगवाबाट वीरगञ्जका लागि छुटेको ना २ ख ४५०८ नं. को दाइभाई बसले किच्दा हरिपुर नगरपालिका– ५ लक्ष्मीपुरका ३० वर्षीय आवास मन्सुरको ज्यान गएको हो ।

    बिहान साँढे ६ बजेतिर बसमा चढ्न खोज्दा सह–चालकले बस्ने ठाउँ नरहेको भन्दै धकेल्दा मन्सुरलाई बसको पछाडिपट्टको चक्काले किचेको प्रत्यक्षदर्शीले बताएका छन्

    मृतकको शव पोष्टमार्टमका लागि अस्पताल लान घटनास्थलमा मुचुल्का उठाउने काम भैरहेको छ ।

    बस र चालकलाई ईलाका प्रहरी कार्यालय हरिपुरमा नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij