बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ सुरु

  • प्रकाशित मिति : सोमवार, अशोज १, २०७५



  • news

    काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ शुरु गरेको छ ।

    लिगको सो ट्रफी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा पुर्‍याइने छ ।

    एन्फाले गठन गरेको समितिका संयोजक विज्ञानराज शर्माका अनुसार उक्त टुरअन्तर्गत काठमाडौँका पाँच तथा ललितपुर र भक्तपुरका एक/एक विद्यालयमा कार्यक्रम आयोजना गरिनेछ ।

    पछिल्लो पटक २०७० सालमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मनाङ मस्याङ्दी क्लबले जितेको थियो ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट शुरु भएको सो ‘ट्रफी टुर’ सात स्थानमा पुर्‍याइनेछ ।

    पहिलो पटक विद्यालय केन्द्रित उक्त ‘ट्रफी टुर’को मुख्य उद्देश्य यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको वातावरण सिर्जना गर्नु रहेको संयोजक शर्माले बताए ।

    ‘स्कोर अ गोल’ नाम दिई रङ्गशालाबाट शुरु भएको सो कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, कलाकार, त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका विद्यार्थी, एन्फा पदाधिकारीलगायत सहभागी थिए ।

    शहीद स्मारक लिगको इतिहास झण्डै ८५ वर्ष पुरानो छ । शहीद स्मारक ए डिभिजन लिगको उपाधि हालसम्म मनाङ् मस्र्याङ्दीले सबैभन्दा बढी सात पटक, आरसीटीले छ पटक, नेपाल पुलिस र थ्रीस्टारले पाँच पटक जितेका छन् ।

    त्यस्तै महावीर र संकटा क्लबले तीन पटक जित्दा अन्नपूर्ण र देउराली क्लबले दुई पटक तथा त्रिभुवन आर्मी, विद्या व्यायाम, फ्रेण्ड्स, ब्वाइज युनियन र सुनाखरी एथलेटिक्स क्लबले एक/एक पटक उपाधि जितेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij