मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सप्तरीमा देखिएको ‘स्वाइन फ्लु’को प्रकोप नियन्त्रणमा आउँदै

  • प्रकाशित मिति : बुधबार, अशोज ३, २०७५



  • राजविराज, असोज ३ । सप्तरीको कन्चनरुप नगरपालिकामा देखिएको ‘स्वाइन फ्लु’को प्रकोप नियन्त्रणमा आउन थालेको छ ।

    नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरी उच्च सतर्कताका साथै स्वास्थ्यकर्मी परिचालन गरिएका कारण रोगको संक्रमण विस्तारै नियन्त्रणमा आएको स्वास्थ्य संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए ।

    नगरपालिकामा हालसम्म करिब तीन हजार बिरामीको स्वास्थ्य परीक्षण गरिएकामा अधिकांशमा भाइरल ज्वरो, रुघाखोकीको समस्या देखिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सञ्जीवकुमार झाले बताए ।

    १० दिनयता कन्चनरुप नगरपालिकामामात्रै स्वाइन फ्लुको संक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ । केहीको उपचार भइरहेको छ ।

    भारतको झारखन्डस्थित बाबाधाम गएर फर्किएका तीर्थालुबाट भित्रिएको स्वाइन फ्लु नियन्त्रणमा आउनै लागे पनि त्यहाँ जानेक्रम नरोकिँदा सतर्कता भने आवश्यक पर्ने चिकित्सकहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij