प्रकाशित मिति : शुक्रबार, अशोज ५, २०७५
आजको राशिफल
आज मिति ः–२०७५-०६-०५ गते शुक्रवार,तदनुसार २१ सेप्टेम्बर २०१८ भाद्र शुक्ल द्वादशी तिथि राति २७:०३ वजे सम्म । आजको नक्षत्र श्रवण वेलुका १७: ३३ सम्म ।
कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद् ज्यौतिष परामर्श केन्द्र वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा बिजौरी,दाङ भेटने समय ः– विहान ०६—०९ः३०,दिवा ०२—०६ ९८४७८२२७११,९८४७८३३६२३
मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जाग्रित हुन सक्ने छ । पेसा तथा व्यवसाय सफल रहने छ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । आज यात्रा हुनेछ । उत्तम वस्त्र प्राप्त हुनेछ । सरकारी काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेकोछ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ भगवान बिष्णुको स्मरण गर्नुहोला ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) पठन पाठनमा रुचि घट्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्ने छ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउने छ । पापकर्ममा मन जाला । नोकरी तथा व्यापारमा समस्या आउनेछ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
पारिवारीक सहयोग मिल्नेछ । धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । प्रेमिल दिन व्यतित हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्ग बाट सहयोग प्राप्त हुनेछ । साथिभाइसंग रमाइलो गरि दिन वित्नेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धन तथा प्रिय पदार्थको नोक्सानी हुने योग छ । काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । चोटपटकको संभावना रहेकोछ । आँटेको काम पुरा हुनेछैन् । पानी बाट हानीहुने दिन रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ । व्यापार सन्तोषजनक हुने छैन ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रेममा सफलता मिल्ने छ । धन आर्जनगर्ने अवसर मिल्नेछ । आज नयाँ कामको आरम्भ हुनेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नोकरी,व्यवसाय र अध्ययनको मार्ग शुभ रहेकाछन् ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ विचार पु¥याउनु होला । नाक र घाँटिमा समस्या आउन सक्नेछ । मानसिक तथा शारिरीक समस्या आउनेछ । आँखामा समस्या आउन सक्नेछ । अनावश्यकरुपमा नसोचेको काममा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु वन्नेछन् ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मल्निेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेकोछ । व्यवसाय सफल रहला ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन् । नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ । शत्रुपक्ष वलवान हुनेछन । व्यवसायीलाइ आजको दिन त्यति फलदायी हुनेछैन ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ । विद्यार्थी तथा व्यवसायीहरुका लागि आजको दिन सफल रहला ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij