आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व सुरु

  • प्रकाशित मिति : शुक्रबार, अशोज ५, २०७५



  • काठमाडौं, असोज ५ । काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व सुरु भएको छ ।

    आज बिहान ८ बजेर ५ मिनेटको शुभ–साइतमा काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइएपछि इन्द्रजात्रा सुरु भएको हो । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हनुमानढोकामा ठड्याउने चलन रहँदै आएको छ ।

    सँधैझै केन्द्रीय मानन्धर संघको अगुवाइमा यस बर्ष पनि हनुमानढोकामा लिंगो ठड्याइएको हो । तत्कालीन शाह वंशीय राजा रणबहादुर शाहको पालादेखि इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन ३६ हात लामो लिंगो ठड्याउने चलन सुरु भएको मानिन्छ ।

    आजैबाट इन्द्रजात्राको विशेष आकर्षण मानिने पुलुकिसि र लाखेनाच पनि सुरु भएको छ । एक सातासम्म चल्ने इन्द्रजात्राको मूख्य दिन कुमारी घरबाट काठमाडौं तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ ।

    उक्त दिन राष्ट्रप्रमुखबाट पनि जात्रा अवलोकन गर्ने परम्परा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij