आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महिला पैरवी अभियान

  • प्रकाशित मिति : शुक्रबार, अशोज ५, २०७५



  • काठमाडौं, असोज ५ । विभिन्न सातओटा राजनीतिक दलसम्बद्ध महिला नेत्रीहरुले महिलालाई आर्थिकरुपमा सशक्त बनाउने भन्दै पैरवी अभियान सुरु गरेका छन् ।

    ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सुरु गरिएको यस अभियानको उद्देश्य महिलाकेन्द्रित नीति बनाउनुका साथै महिलाको आय–आर्जन वृद्धि गराउने कार्यक्रमहरुमा सरकारी लगानी बढाउनु भएको दाबी उनीहरुले गरेका छन् ।

    शुक्रबारदेखि सुरु भएको अभियानमा महिलाको आर्थिक सशक्तिकरण र वित्तीय आत्मनिर्भरतामा बढी जोड दिइएको छ ।

    अभियानकाक्रममा आगामी एक वर्षमा महिलाहरुका लागि कर्जासम्म पहुँच, बजारमा पहुँच, सीप र उद्यमशीलता विकास, बालबालिकाको हेरचाहमा सहयोग हुनेगरी स्थानीय सरकारको लगानी बढाउन जोड दिने महिला नेत्रीहरुले बताएका छन् ।

    यसका लागि स्थानीय निकायमा कुल बजेटको न्यूनतम् २५ प्रतिशत बजेट छुट्याउनैपर्ने उनीहरुको माग छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij