बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पेट्रोलियम पदार्थमा कोटा, मोटरसाइकल र स्कुटरलाई बढीमा पाँच लिटर पेट्रोल

  • प्रकाशित मिति : शुक्रबार, अशोज ५, २०७५



  • news

    काठमाडौं, असोज ५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको वितरणमा केही असहज अवस्था सिर्जना भएको भन्दै सवारी–साधनलाई तोकिएको कोटामात्र इन्धन उपलब्ध गराउन आग्रह गरेको छ ।

    निगमले नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनलाई शुक्रबार पत्राचार गर्दै तोकिएको कोटाअनुसारको इन्धन उपलब्ध गराउन अनुरोध गरेको हो ।

    निगमकाअनुसार मोटरसाइकल र स्कुटरलाई एकपटकमा बढीमा पाँच लिटर पेट्रोल उपलब्ध हुनेछ ।

    हलुका सवारी–साधन, कार र भ्यानलगायतलाई एकपटकमा बढीमा १५ लिटर पेट्रोल उपलब्ध गराइने निगमले जनाएको छ ।

    निगमले डिजेलबाट सन्चालन हुने मध्यम तथा छोटो दूरीका सवारी–साधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी–साधनलाई बढीमा १०० लिटरसम्म उपलब्ध गराउन आग्रह गरेको छ ।

    एम्बुलेन्स, विद्यालयका बस तथा सरकारी सवारी–साधनलगायत अत्यावश्यक सवारी–साधनलाई उच्च प्राथमिकतामा राखी इन्धन बिक्री वितरण गर्न एसोसिएसनलाई अनुरोध गरिएको निगमका प्रवक्ता इन्जिनियर वीरेन्द्र गोइतले जानकारी दिए ।

    ट्यांकर चालकले विभिन्न माग राखी इन्धन ढुवानी नगर्दा मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएको छ । तीन दिनदेखि इन्धनको ढुवानी ठप्प छ ।

    शुक्रबार पनि काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द छन् । इन्धन भर्नका लागि पेट्रोलपम्पमा लामो लाइन लागेको छ ।

    इन्धनको अभाव हुँदा उपत्यकाका सडकमा तुलानात्मकरुपमा केही कम सवारी–साधन सन्चालनमा छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij