प्रकाशित मिति : मङ्लबार, अशोज ९, २०७५
नेपाल एयरलाइन्सले दुर्गम क्षेत्रमा उडाउने भन्दै ल्याएको जहाज छ महिनापछि परीक्षण भएको छ। वैशाख ५ गते चिनियाँ पक्षले काठमाडौंमा विशेष कार्यक्रम गरेर हस्तान्तराण भएका दुईवटा वाइ १२ सिरिजका जहाज ६ महिनादेखि विमानस्थलमै थन्किएर बसेका छन्।
नाइन एन एकेएस नेपाली दर्ता नम्बर भएको जहाजको आज परीक्षण उडान गरिएको छ। एयरलाइन्सका पाइलट इन्जिनियरसहित १० जनाको टोलीलाई लिएर काठमाडौंबाट लुक्लाका लागि उडेको जहाज मौसमी खराबीले अवतरण गर्न नसकेर रामेछाप अवतरण गरेको थियो।
कूल ४ वटा यो सिरिजका जहाज भएपछि एउटामात्र जहाज उडिरहेको छ।
परीक्षण उडानपछि देशका दुर्गम क्षेत्रमा यी जहाजबाट उडान सुचारु गरिने नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए। गएको हप्तामात्र कार्यकारी अध्यक्ष भएका खरेलले सबै जहाज उडाएर सेवा विस्तार गर्ने योजना अघि सारेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij