बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

निर्माण कम्पनीमा संलग्न सांसदलाई विकास समितिमा राखिएकोमा सांसदहरुकै आपत्ति

  • प्रकाशित मिति : बुधबार, अशोज १०, २०७५



  • काठमाडौं, असोज १० । संसद्को विकास समितिका सदस्यहरुले प्रमुख आयोजनाहरुको काममा निकै ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

    समितिको आज बसेको बैठकमा सांसदहरुले निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दा नागरिकलाई अप्ठ्यारो परेको र विकासमा बाधा पुगेको भन्दै त्यसलाई सच्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । दसैं, तिहार र छठ पर्वका बेला उपत्यका बाहिर जाने यात्रु सडकको अवस्थाका कारण मर्कामा पर्ने भएकाले जतिसक्दो चाँडो सडकको अवस्था सुधार गर्न उनीहरुले माग गरे ।

    कतिपय सांसदहरुले विकास समितिमा निर्माण कम्पनीमा संलग्न भएका सांसदहरुलाई राखिएकोमा असन्तुष्टि व्यक्त गरे । सांसद दुर्गा पौडेलले नियमावलीविपरित निर्माण कम्पनीमा संलग्न भएकाहरुलाई समितिमा राखिएकाले यही विषयमा छलफल हुनुपर्ने माग गरिन् ।

    नेकपाका सांसद यज्ञराज सुनुवारले पनि निर्माण व्यवसायमा संलग्न सांसदलाई समितिमा राख्नुको कारण स्पष्ट पार्नुपर्ने बताए ।

    विकास समितिमा निर्माण क्षेत्रमा संलग्न तीनजना सांसद सदस्य छन् । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एन्ड ठोकर कम्पनीका बहादुरसिंह लामा समिति सदस्य हुन् । उनीहरुले भने आफूहरुका कारण नभई सरकारकै ढिलासुस्तीका कारण काममा ढिलाइ भएको दाबी गरे ।

    सांसदहरुबीच आरोप-प्रत्यारोपका कारण समितिको बैठकमा केही असहजता देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij