आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२१औं बिमा सम्मेलन सम्पन्न

  • प्रकाशित मिति : बुधबार, अशोज १०, २०७५



  • news

    काठमाडौं, असोज १० । विकासशील राष्ट्रहरुको बिमा तथा पुर्नबिमा कम्पनीहरुको काठमाडौंमा भएको २१औं अन्तर्राष्ट्रिय बिमा सम्मेलन बुधबार सम्पन्न भएको छ ।

    दुईदिने सम्मेलनमा बिमाको पहुँच र लागत घटाउन प्रविधिको प्रयोगलाई ध्यान दिनुपर्ने निष्कर्ष निकालिएको छ ।

    सम्मेलनमा कार्यपत्र प्रस्तुत् गर्दै बिमा विज्ञहरुले प्रविधिको प्रयोगले बिमा योजना जारी गर्न, समयमा दाबी भुक्तानी गर्न, बिमा शुल्क संकलन गर्न सहज, सरल र छरितो हुने बताएका थिए ।

    कम विकसित राष्ट्रहरुमा प्रविधिको प्रयोग गर्दा अवरोधहरु पनि कम हुने उनीहरुले बताएका थिए ।

    २२औं सम्मेलन सन् २०२० मा घानामा गरिने निर्णय सम्मेलनले गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij