प्रकाशित मिति : शुक्रबार, अशोज १२, २०७५
मादक पदार्थ सेवन गरेर भित्री सडकबाट भाग्नेहरूको धेरै भएकाले सवारी दुर्घटना बढेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका मुख्य सडकसँगै भित्री सडक र गल्लीहरूमा पनि ट्राफिक प्रहरी खटाउने भएको छ।
शुक्रबार पत्रकार सम्मेलन गरी महाशाखाले चाडबाडका बेला मादक पदार्थ सेवन गरी भित्री गल्लीबाट सवारी चलाउने देखिएकाले त्यहाँ पनि ट्राफिक खटाउन लागिएको बताएको हो।
ट्राफिक प्रहरीले दशैंतिहार तथा छठलाई लक्षित नयाँ सडक सुरक्षा अभियान पनि ल्याएको छ।
विगतका चार्डपवमा भएका सवारी दुर्घटनालाई केलाएर महाशाखाले यस वर्षको चाडपर्वमा सवारी दुर्घटना हुन नदिन भन्दै विभिन्न योजनाअघि सारेको छ।
दशैंतिहार तथा छठलाई लक्षित गरी ट्राफिक व्यवस्थापन चुस्त बनाइएको महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए।
दशैंमा काठमाडौंबाट बाहिर जाने यात्रुवाहक बसका चालकलाई सडक सुरक्षाबारे प्रशिक्षण दिनेदेखि लामो दूरीका सवारीमा २ जना चालक राख्ने व्यवस्था गरिने एसएसपी पन्तले जानकारी दिए।
‘सडक दुर्घटना हुन नदिन हामीले हदैसम्मको योजना बनाएका छौ, यो योजना कार्यान्वय गरेसँगै सडक दुर्घटना कम हुनेछ,’ पन्तले भने।
उनले दशैतिहाभर काठमाडौं बाहिर जाने नाकामाबिहानै देखि मापसे चेक गर्ने, सिट क्षमता भन्दा बढी यात्रु राख्न नदिने खालका कार्यहरु निगरानी गर्ने बताए।
उपत्यका भित्र पनि बिहानैदेखि मापसे चेकजाँच गरिने उनले जानकारी दिए।
दशैंतिहारका बेला व्यापारिक केन्द्रमा भीड बढ्ने भएकाले महानगरपालिकासँग समन्वय गरी पार्किङ व्यवस्थापन गरिने उनले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij