बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

टिकट काउन्टरमा ‘सुराकी प्रहरी’

  • प्रकाशित मिति : आइतवार, अशोज १४, २०७५



  • काठमाडौं । ट्राफिक प्रहरीले दसैं तिहारलाई लक्षित गर्दै भीडभाड हुने क्षेत्र र यातायात कम्पनीका टिकट काउन्टरहरूको गोप्य निगरानीका लागि सादा पोसाकमा ट्राफिक प्रहरी खटाउने तयारी गरेको छ ।

    उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको ट्राफिक प्रहरी महाशाखाले भीडभाड हुने स्थल र टिकट काउन्टरमा हुन सक्ने ठगी एवं आपराधिक क्रियाकलाप नियन्त्रण गर्न भन्दै सादा पोसाकका प्रहरी परिचालन गर्ने तयारी गरेको हो ।

    यात्रुलाई ठग्ने, एउटै व्यक्तिले धेरैवटा सिटको टिकट बेच्ने, तोकिएको मूल्यभन्दा बढी रकममा टिकट बिक्री गर्नेजस्ता गुनासाहरू प्रत्येक वर्ष आउने गरेकाले त्यस्ता घटना हुन नदिन सादा पोसाकका प्रहरी खटाइने र उनीहरुले भीडभाड हुने स्थल र काउन्टरमा भइरहेको गतिविधिबारे सूक्ष्म निगरानी गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

    ट्राफिक प्रहरीले यात्रुलाई सहज रूपमा यात्रा गर्ने वातावरण बनाउन र ठगिनबाट जोगाउन प्रत्येक वर्ष चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्दै आएको छ ।

    नजिकिँदो दसैंका लागि मात्रै उपत्यकामा १ हजार ४५० ट्राफिक प्रहरी पोसाकमा र १५० को संख्यामा सादा पोसाकका ट्राफिक प्रहरी परिचालन गर्ने तयारी भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले जानकारी दिए ।

    ‘उपत्यकामा १ हजार ४५० ट्राफिकहरू पोसाकमा खट्नेछन्, यस्तै १५० प्रहरी सादा पोसाकमा खटाउने तयारी भएको छ, केहीलाई नागरिक सहायता कक्षमा परिचालन गरिसकेका छौं,’ महाशाखा प्रमुख पन्तले भने । -राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij