बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

नौबिसे नागढुङ्गा सडकमा सवारी जाम भए वैकल्पिक मार्ग

  • प्रकाशित मिति : आइतवार, अशोज १४, २०७५



  • धादिङ । नौबिसे नागढुङ्गा सडकमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पिक मार्ग खोल्ने तयारी गरिएको छ ।

    वडादशैँका बेला धेरै सवारीसाधनको चापले घर हिँडेकाहरू जाममा पर्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न लागिएको हो ।

    अचेल हरेक दिन नौबिसे नागढुङ्गा सडकमा २५ किलोमिटर सडकमा यातायात अवरुद्ध भई उक्त दूरी पार गर्न चार घण्टाभन्दा बढी समय लाग्ने भएकाले धादिङको धार्केबाट सीतापाइला जाने कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न मर्मत थालिएको धुनीबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए ।

    देशभरका मानिस आवतजावत गर्ने सडक भएकाले यसलाई नियमित गराउन कुनै कसर बाँकी नराख्ने र नागरिकलाई सहज र छिटो तरिकाले यात्रा गराउन लागि परेको धादिङका प्रमुख जिल्ला अधिकारी भारिथ पाण्डेले बताए ।

    सडकको जाम कम गर्न आयोजित सर्वपक्षीय छलफलमा नगर प्रमुख आचार्य, सो क्षेत्रका प्रदेशसभा संसद् राजेन्द्र पाण्डे, जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक डम्बरबहादुर विक, सडक डिभिजन कार्यालयका प्रमुख हरि ठकुरीलगायतले वैकल्पिक मार्ग सञ्चालन गरी दर्शैँका लागि यातायात व्यवस्था नियमित गर्र्नुपर्नेमा जोड दिए ।

    हरेक दिन हुने जामलाई कम गर्न ठूला, अत्यधिक भार भएका र लामो दूरीका सवारी साधनलाई धार्के क्षेत्रमा दिउँसोको समयमा रोक्ने र राति मात्र सञ्चालन गर्न दिने, अन्य सवारी साधनलाई धार्के सीतापाइला सडकको वैकल्पिक मार्ग प्रयोगका लागि अनुरोध गर्ने र राजमार्गमा एकनासले सवारी साधान सञ्चालन हुने व्यवस्था मिलाउन लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकले बताए ।

    वैकल्पिक मार्ग धार्के सीतापाइला २३ किलोमिटर र धार्के कलङ्की २५ किलो मिटर रहेको छ ।

    नगर प्रमुख आचार्यले वैकल्पिक सडकमा धुलो उढ्न नदिन दैनिक पानी हाल्नुपर्नेमा जोड दिए ।

    नौबिसे नागढुङ्गा सडक खण्डमा एउटा सवारीसाधन बिग्रियो भने पाखा लगाउने ठाउँ छैन ।

    दुई तीन वटा सवारीसाधन बिग्रिएपछि झन त्रिभुवन राजपथको सो सडक खण्ड अवरुद्ध हुने गरेको छ ।

    सानो सडक र धेरै घुम्ती भएका कारण यो सडकको स्तरोन्नति गर्नुपर्ने अवस्था छ ।

    निर्माण शुरु गर्दा दिनमा एक हजारसम्म सवारीसाधन गुड्नसक्नेगरी बनाइएको सो सडकमा हरेक दिन १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij