आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घन्टामा उपलब्ध गराउन निर्देशन

  • प्रकाशित मिति : सोमवार, अशोज १५, २०७५



  • news

    धनुषा, असोज १५ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घन्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिएका छन् ।

    अस्पताल सम्बन्धमा विभिन्न गुनासो आउन थालेपछि सोमबार आकस्मिक निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राउतसहितको टोलीले अस्पतालको दरबन्दी, हाल कार्यरत् चिकित्सक तथा कर्मचारीसहितको विवरण २४ घन्टामा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

    मुख्यमन्त्री राउतले अस्पताल विकास समिति विघटन भइ अञ्चल अस्पताल प्रदेश सरकार मातहत आइसकेको अवस्थामा कर्मचारी र अस्पताल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको रहेको बताए ।

    उनले विकास समितिमा लामो समयदेखि काम गर्दै आएका कर्मचारीलाई व्यवस्थापन गर्ने दायित्व अब प्रदेश सरकारको रहेको उल्लेख गरे ।

    मुख्यमन्त्री राउतले ‘अस्पताललाई प्रदेशको केन्द्रीय अस्पतालमात्र नभइ शिक्षण अस्पतालकैरुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको छ’–भने ।

    निरीक्षण टोलीमा सामाजिकमन्त्री नवलकिशोर साह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका निमित्त मुख्यसचिव हरिप्रसाद फुँयालसहितको सहभागिता थियो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij