मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

समयमा निर्माण नगर्ने ठेकेदारलाई अख्तियारको चेतावनी – टोपी हातमा लिएर काम गर्न थाल्नुस्

  • प्रकाशित मिति : बुधबार, अशोज १७, २०७५



  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदारहरुलाई कारवाहीको तयारी गरेको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले संसदको राज्य व्यवस्था समितिमा बोल्दै कारवाहीको तयारी भैरहेको जानकारी दिए। उनका अनुसार कारवाहीका लागि मन्त्रालयहरुबाट ठेकेदारहरुको सूची जम्मा गरिएको छ।

    ‘धेरै रुग्ण ठेक्कालाइ विस्तृत अनुसन्धानमा हाल्दै गएका छौँ। छाड्ने अवस्था छैन’, घिमिरेले भने, ‘कुनैपनि हालतमा आयोगले यो कुरामा कम्परमाइज गर्दैन।’

    आयोगले सरकारलाई सहयोग गर्ने उद्देश्यले ठेक्पापट्टाको अनियमितताको अनुसन्धानमा हात हालेको उनको भनाई छ। निर्मण व्यवसायी प्रति आयोगको कुनै पूर्वाग्रह नरहेको समेत बताए।

    ‘आयोगले यस विषयमा प्रवेश गर्न थाल्यो भन्ने थाहा भएर टोपी हातमा लिएर गएर काम गर्न थाल्नुहुन्छ भने शुभकामना छ’, घिमिरेले भने, ‘तर त्यसको गुणस्तरको नजिकबाट हेर्ने काम गर्छौँ।’

    आयोगले भौतिक पूर्वाधार सहित प्रावधिकि मन्त्रालयहलाई कार्ययोजना तयार गरेर कार्यान्वयनका लागि उपलब्ध गराउन लागेको पनि समितिलाई जानकारि दिए।

    ‘भौतिक पूर्वाधार सचिव सहित प्राविधिक मन्त्रालयका सचिवलाइ स्पष्ट रुपमा भनेका छौँ आयोगले तयार गरेको कार्ययोजनाको उद्देश्य नै विकास निर्माणका कार्य प्रभावकारी रुपमा अगाडि बढाउन सकियोस् भन्ने हो’, घिमिरेले समितिमा भने, ‘कञ्चनपुरको उपकरण देखाउने ताप्लेजुङको ठेक्का लिने। त्यो कञ्चनपुरको उपकरणले ताप्लेजुङको मुख कहिल्यै नदेख्ने। एउटा ठेकेदारको कतिसम्म काम गर्न सक्ने क्षमता कति हो।’

    अख्तियार प्रमुख घिमिरेले आफूले सडक विभागको प्रमुखलाई बोलाएर कार्ययोजना अनुसार काम सुरु गर्न सुझाएको बताए। ‘एउटा सफ्टवेयर बनाएर हरेक ठेकेदार क्षमता (जनशक्ति, उपकरण) र लिएको ठेक्काको रोष्टर तयार गर्न भनेको छु’, घिमिरेले भने, ‘अनि मात्र ठेक्का उसलाइ दिने कि नदिने भन्ने व्यवस्था गर भनेको छु।’

    उनले कार्ययोजनामा ठेक्काको म्याद थपको मापदण्ड सुझाइएको पनि जानकारी दिए।  ‘मैले म्याद थपको वस्तुपरक मापदण्ड हुनुपर्छ भनेको छु। म्याद थप अनुसन्धान त होइन नि। १० बर्षसम्म एउटै ठेक्कामा अल्झिराख्ने’, घिमिरेको भनाई थियो।

    राज्य व्यवस्था समितिमा सचिव महेश्वर न्यौपानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणको गुणस्तर जाँचको ल्याब स्थापना गरिएको जानकारी दिए। उनले छिट्टै पूर्व र पश्चिममा पनि एक एक वटा यस्तो ल्याब निर्माणको तयारी भैरहेको बताए।

    अख्तियारले राष्ट्रिय गौरवका आयोजनाबाट ब्रिफिङ लिने तयारी गरिहरेको समेत उनले समितिमा जानकारी दिए। साथै निगरानीको तयारी गरिरहेको बताए।

    राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा आयोगका ६ देखि ७ जना अनुसन्धान कर्ताले लगातार अनुसन्धान गरिरहेको उल्लेख गरे। सिक्टा सिंचाइ आयोजनामा सोडियम बढी भएको १७ किलोमिटर क्षेत्रमा निर्माण कार्य बढी भएको देखिएको बताए। उनले सिक्टा सिंचाइ आयोजनाको डिजाइन देखिकै अध्ययन भैरहेको बताए।

    अख्तियारको सोधपुछलाई कर्मचारीहरुले अख्तियारको हस्तक्षेपका रुपमा लिएको उनको भनाई छ।

    ‘उजुरीमा के भएको हो भनेर सोधे लगत्तै काम छाड्ने प्रवृती छ’, घिमिरेले भने, ‘कर्मचारीमा रिस्क लिने क्षमता मर्‍यो। ‘हामीले काम रोक्नुस् नभनेसम्म काम रोक्न जरुरी छैन।’

    अख्तियार सचिव न्यौपानेले सरकारी कर्मचारी असनको मान्छे जस्तो भएको टिप्पणी गरे। भिडमा ठेलिदाँ गतिशिल देखिएपनि नेतृत्व क्षमता नभएको बताए।

    मालपोत, नापी र यातायात कार्यालयमा सबैभन्दा धेरै भ्रष्ट्राचार हुने गरेको उनले बताए। ‘कर्मचारी नै खाली हुने अवस्था छ’, घिमिरेले भने, ‘नेपालगञ्चमा एउटै मालपोतका १५ कर्मचारी परेका छन्। कोही बाँकी रहन्नन् की जस्तो लाग्छ।’

    आयोगले भ्रष्ट्राचारमा स्टिङ अपरेशन बढाएको उनले उल्लेख गरे। तर भ्रष्ट्राचामा कोड भाषा प्रयोग गर्ने र कुनै पसलमा पैसा दिन लगाएर त्यहाँबाट लिने काम अगाडि बढेको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij