आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एकैदिन दुई दुर्घटना भएपछि उपत्यकाभित्र टिपर सञ्चालनको समय फेरि परिवर्तन

  • प्रकाशित मिति : बिहिबार, अशोज १८, २०७५



  • काठमाडौं, असोज १८ । एकै दिन टिपरका कारण उपत्यकामा दुई दुर्घटना भएपछि स्थानीय प्रशासनले टिपर सञ्चालनको समय फेरि परिवर्तन गरेको छ ।news

    बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समय परिवर्तन गर्दै केही छुट दिएको थियो । जिल्ला सुरक्षा समितिको बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको थियो ।

    तर बुधबार नै भक्तपुरको सुर्यविनायकमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको थियो भने गएराति काठमाडौंको सुन्धारामा पनि टिपरकै ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।

    टिपरकै कारण एकैदिन दुई दुर्घटना भएपछि फेरि साँझ ८ देखि बिहान ५ बजेसम्ममात्र काठमाडौँ उपत्यकामा टिपर सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले गत साउन १ गते उपत्यकामा टिपर दुर्घटनाका कारण मावनीय क्षति बढेको भन्दै रातको समयमा मात्र टिपर सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

    तर बुधबार उक्त निर्णयलाई पुनर्विचार गर्दै साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न दिने निर्णय भएको थियो । उक्त निर्णय एकै दिनमा फिर्ता लिइ साबिक बमोजिम राति ८ बजेदेखि बिहान ५ बजेसम्ममात्र टिपर सञ्चालन गर्न दिने निर्णय भएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij