मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

काठमाडौंको टोखामा ट्याक्सीको ठक्करबाट दुई सैनिक घाइते

  • प्रकाशित मिति : शुक्रबार, अशोज १९, २०७५



  • news

    काठमाडौं, असोज १९ । काठमाडौंको टोखा नगरपालिका–९ शिवमन्दिर नजिकै गएराति ट्याक्सीको ठक्करबाट मोटरसाईकलमा सवार दुई सैनिक घाइते भएका छन् ।

    घाइते हुनेमा मोटरसाईकल चालक नुवाकोट देउरालीका सेल्ताङ तामाङ र पछाडी सवार लमजुङ बेसीशहरका जीवन सेढाई छन् ।

    घाइते दुवैलाई ततकालै उपचारका लागि विनायक अस्पताल गोंगबु पठाइएकोमा चालक तमाङलाई भने थप उपचारका लागि सैनिक अस्पताल छाउनी रिफर गरिएको छ । घाइते दुवै नारायाणहिटी गुल्ममा कार्यरत सैनिक रहेको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ ।

    गएराति ११ बजे नम्बर नखुलेको ट्याक्सीले तामाङ र सेढाई सवार बा७०प ६०५१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij