आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दसैंमा व्यवसायीले गाडी थप्ने

  • प्रकाशित मिति : शुक्रबार, अशोज १९, २०७५



  • काठमाडौं, असोज १९ । बडादसैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रीहरुको सहजताका लागि यातायात व्यवसायीहरुले गाडी थप गर्ने  भएका छन् ।

    असोज ९ गतेबाट दसैंका लागि भन्दै अग्रिम टिकट बुकिङ खुला गरिएको थियो ।

    बुकिङ खुला भएको १० दिनमै दैनिकरुपमा चल्ने गाडीका टिकट सकिन लागेकाले थप साधनको व्यवस्था गर्न लागेको यातायात व्यवसायीहरुले बताएका छन् ।

    यसअघि, आफूहरुको मागलाई सरकारले बेवास्ता गरेको भन्दै व्यवसायीहरुले नियमित रुटकाभन्दा गाडी थप नगर्ने अडान राख्दै आएका थिए ।

    गाडी थपिने भएसँगै यात्रीहरुलाई भने केही राहत पुग्ने भएको छ ।

    दसैंको समयमा करिब २० लाख यात्री काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij