मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तितेपातीबाट तेल उत्पादन

  • प्रकाशित मिति : शुक्रबार, अशोज १९, २०७५



  • news

    खोटाङ, असोज १८ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकामा तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालिएको छ ।

    पाथेकाका ९ युवाको समूहले सेयर लगानीमा खेर गइरहेको तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालेको हो ।

    करिब रु ३५ लाखको लगानीमा पाथेकाको तापखोलास्थित त्रिवेणीमा सो उद्योग स्थापना गरिएको हो ।

    ‘समृद्धि पथ एग्रो कम्पनी प्रालि’द्वारा सन्चालित सो उद्योगबाट हालसम्म २५ लिटर तेल उत्पादन भएको सन्चालक मुगाधन राईले बताए ।

    ‘तीन हप्तासम्म परीक्षण गरेर तेल प्रशोधन गर्न थालिएको हो’–उनले भने ।

    सो क्षेत्रमा पर्याप्त मात्रामा तितेपाती रहेको छ । औषधिकारुपमा प्रयोग गरिने तितेपाती तेलको माग बढ्दै गएको राईले बताए ।

    ‘प्रतिलिटर रु ८ हजार ५०० का दरले तेल बिक्री भइरहेको छ । हामीले तेल उत्पादन थालेलगत्तै विभिन्न ठाउँबाट माग आउन थालेको छ’–राईले भने–‘हाम्रो उत्पादनले बजार पाउन थालेको छ ।’

    तेल उत्पादन गर्नका लागि एकपटकमा करिब ७०० किलो तितेपाती पकाउनुपर्छ । दुईपटकमा गरी करिब दुई लिटर तेल निकाल्न सकिन्छ ।

    तितेपाती संकलन गरी वाष्पीकरण विधिबाट पकाएर तेल निकाल्ने गरिन्छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij