मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जुवा खेल भइरहेको स्थानमा प्रहरीको छापा, भाडदौडमा दुई जनाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, अशोज २०, २०७५



  • news

    काठमाडौं । काठमाडौंको मूलपानीमा जुवा खेल भइरहेको स्थानमा प्रहरीले छापा मार्दा भएको भाडदौडमा दुई जनाको मृत्यु भएको छ ।

    जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले तेन्दु शेर्पाको घरमा छापा मारेपछि भएको भाडदौडका क्रममा झ्यालबाट हाम फालेका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

    मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा मूलपानीमा रहेको तेन्दु शेर्पाको घरको तेस्रो तलामा राति ११ बजे जुवा खेलिरहेको अवस्थामा छापा मारेको थियो ।

    सोही क्रममा धेरै संख्यामा रहेका जुवाडेहरू कोही छतबाट र कोही झ्यालबाट हाम फालेका थिए ।

    झ्यालबाट हाम फाल्दा दुई जना भने टिनमा ठोक्किएर गम्भीर घाइते भएको र उनीहरुको उपचारका बी एन्ड बी अस्पतालमा निधन भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए ।

    प्रहरीले अन्य २३ जना जुवाडेलाई भने पक्राउ गरेको छ । उनीहरुका साथबाट ४ लाख रुपैयाँभन्दा बढीको नगद, मोटरसाइकल र मदिरा बरामद गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij