मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

उदयपुरमा जनता आवास कार्यक्रममार्फत् निर्माणाधीन घर अलपत्र

  • प्रकाशित मिति : सोमवार, अशोज २२, २०७५



  • उदयपुर । उदयपुरमा जनता आवास कार्यक्रममार्फत् निर्माणाधीन घर अलपत्र परेका छन् ।

    घर निर्माण सुरु भएको एक वर्ष बितिसक्दा पनि ५० प्रतिशत काम पनि पूरा हुन सकेको छैन ।

    दलित तथा अति विपन्न परिवारका लागि सरकारले निर्माण गरिदिएका अधिकांश घरमा छाना हालिएको छैन ।

    घरको छानामा प्लास्टिक हालेर कष्टका साथ वर्षा बिताएका स्थानीयवासीले आगामी चाडपर्व पनि यस्तै भवनमा विताउनुपर्ने भएको छ ।

    पुरानो घर भत्काएर त्यही घडेरीमा नयाँ घर निर्माण गर्न थालिए पनि समयमा नसकिँदा उनीहरुलाई सास्ती हुँदै आएको छ ।

    कतिपय घर निर्माण पुरा नहुँदै चर्किन थालेका छन् । गुणस्तरहीन सामग्रीको प्रयोगका कारण घरहरु चर्किएको बताइएको छ ।

    आर्थिक वर्ष २०७४/७५ का लागि उदयपुरमा एक हजार घरमध्ये ५ सय निर्माणको चरणमा छन् । बाँकी ५ सयको सर्वे सम्पन्न भएको छ ।

    कर्मचारीको सरुवा र जिल्ला आवास निर्माण समिति बन्न नसकेका कारण जनता आवास कार्यक्रम नै प्रभावित भएको सहरी विकास तथा भवन डिभिजन कार्यालयका इन्जिनियर ब्रहमदेव चौधरीले बताए ।

    उदयपुरका ८ वटै स्थानीय तहमा सञ्चालित जनता आवास कार्यक्रमका १ घरका लागि ३ लाख ५० हजार रुपैयाँ बिनियोजन गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij