मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दसैंका लागि चीनबाट भेडा–च्याङ्ग्राको आयात सुरु

  • प्रकाशित मिति : सोमवार, अशोज २२, २०७५



  • रसुवा । बडा दसैंका लागि चीनबाट भेडा–च्याङ्ग्राको आयात सुरु भएको छ ।

    नेपाल–चीन व्यापारिक नाका रसुवागढी हुँदै चीनको  स्वशासित क्षेत्र तिब्बतबाट भेडा–च्याङ्ग्राको आयात सुरु गरिएको हो ।

    पहिलो चरणमा तिब्बतबाट करिब २ सय भेडा–च्याङ्ग्रा भ्यिाइएको छ । गत वर्षको तुलनामा यो वर्ष आयात बढ्ने व्यापारीले बताएका छन् ।

    गत वर्ष यो नाका हुँदै ५५ वटा मात्र भेडा च्याङ्ग्रा नेपाल भित्रिएका थिए । गत वर्षभन्दा यस बर्ष भंन्सार महशुल बढेकाले करिव ४ हजार रुपैयाँले मूल्य बढेको छ ।

    गत वर्ष एउटा भेडा च्याङ्ग्राको मूल्य २३ हजारसम्म पर्ने गरेकोमा यस वर्ष २७ हजार पर्र्ने ब्यापारीको भनाइ छ ।

    २०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडाच्याङ्ग्रा आयात हुने गरेको व्यापारीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij