प्रकाशित मिति : सोमवार, अशोज २२, २०७५
दिपक श्रेष्ठ, अशोज २२ काठमाडौं
लायन्स क्लब अफ काठमाण्डौ कृयटिभ युथ ले लायन मिस्टर एण्ड मिस २०१८ आयोजना गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।लायन्स क्लब का सदस्यमा सामाज सेवा गर्ने खुबी मात्र नभै अरु पनि खुबी छ भन्ने देखाउने उदेश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको लायन्स क्लब अफ काठमाण्डुकृयटिभ युथकि अध्यक्ष गनिका गुरुङ्ग बताउनु हुन्छ ।
प्रतिस्पर्धि हरुका लागि आबेदन फाराम खुली सकेको र यहि आउदो मङ्ग्सिर १ गते देखि काठमाण्डौ,बिराट्नगर,पोखरा,धरान र बिरगन्ज मा अडिसन सुरुहुने सचिब लायन अनिल बुर्जा मगरले जानकारी गराउनु भयो।यस इभेण्ट का कोरियोग्राफरको काम रेशम न्यौपाने ले गर्ने छन भने अफिसियल प्रशिक्षक मिस नेपाल सुगारिका केसि रहेको छ।
२५ बर्ष देखि ५५ बर्ष उमेरका र ५ फिट २ इन्च भन्दा माथि उचाइ भएका का महिला तथा पुरुष लायन्स क्लब का सदस्य हरुले यस प्रतिस्पर्धा को लागि आबेदन दिन पाउने ब्यवस्था छ।
प्रतिस्पर्धा मा पहिला हुनेलाइ १ लाख रुपैया र थाइल्याण्ड भ्रमण दोश्रो हुने लाई ७५ हजार रुपैया र तेश्रो हुनेलाइ ५० हजार रुपैया पुरस्कार दिइने पनि जानकारी गराएको छ।
कार्यक्रममा बोल्दै लायन्स कलब का डिस्ट्रीक गभर्नर अनन्त प्रसाद भेटवालले हुन गइ रहेको मिस्टर एण्ड मिस २०१८ को सफलता को लागि शुभकामना दिनु भयको थियो।
इभेन्ट्का निर्माता तथा निर्देशक द्वय गनिका गुरुङ्ग र अनिल बुर्जा मगर ले दिएको जानकारी अनुसार यस इभेन्ट्को ग्रायण्ड फिनाले यहि आउदो पुस १ गते काठमाण्डौमा गरिने र त्यस्को प्रत्येक्ष प्रसारण इमेज च्यानल टेलिभिजन हुने भएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij