मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जनस्तरबाटै सातदोबाटोमा बन्यो अत्याधुनिक ट्राफिक प्रहरी भवन

  • प्रकाशित मिति : बुधबार, अशोज २४, २०७५



  • ललितपुरको सातदोबाटोमा स्थानीय जनसहभागिताबाट नेपालकै सबैभन्दा अध्याधुनिक र सुविधा सम्पन्न नमूना ट्राफिक कार्यालय निर्माण भएको छ।

    स्थानीय जन सहभागितामा बनेको आधुनिक भवनको उद्घाटन बुधबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेका छन्।

    भूकम्प तथा उपत्यकामा हुने मौसम अनुसार घाम, पानी, धुलो धुँवा प्रतिरोधी, पर्याप्त पार्किङ, अन्तर्राष्ट्रियस्तरको प्रशासकीय एवम् व्यवस्थापकीय कक्ष र सेवाग्राहीका लागि प्रतिक्षालयसमे रहेको भवन २ करोड १६ लाख रूपैयाँको लागतमा बनेको हो।

    ३ करोड ५० लाख  रूपैयाँको अनुमान गरिए पनि २ करोड १६ लाख रुपैयाँमा सम्पन्न भएको भवन निर्माण समितिका कोषाध्यक्ष रामकाजी अवालेले जानकारी दिए।

    १० आना जग्गामा निर्माण भएको ४ तले भवनमा भ्यूटावर पनि राखिएको छ। भ्यूटावरबाट सातदोबाटो वरपरका क्षेत्रका कुनै पनि दैवि विपत तथा आगलागीजस्ता घटना भए देख्न सकिन्छ।

    भवनका प्रत्येक कोठामा अट्याच बाथरूम छ। बिलबुक लिने एउटा कोठा, महिला प्रहरी कोठा, सभा हलसहित ४ वटा बेडरुमसहितको पाहुना सत्कार कक्ष छन्।

    भवनमा महिला र पुरुषका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय पनि निर्माण भएका छन्। सातदोबाटो भएर हिँड्ने यात्रुहरूले पनि यसको प्रयोग गर्न सक्ने ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी गराए।

    भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले ललितपुरमा ट्राफिक व्यवस्थापनको लागि यसबाट महत्वपूर्ण काम हुने विश्वास व्यक्त गरे। आफ्नो कामका लागि कसैको मुख ताकिरहनु नपर्ने उदाहरण भएको बताए।  उनले भवन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका ट्राफिक प्रहरी निरीक्षक हाथेछुलाई विशेष धन्यवाद दिए।

    कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले निकट भविश्यमा ललितपुर भित्र ट्राफिक व्यवस्थामा नसोचेको परिवर्तन हुने दाबी गरे।

    उनले आगामी दसै भित्रै साझा यातायातसँगको सहकार्यमा वातावरणमैत्री विद्युतीय ठूला बस सञ्चालनमा ल्याउने जानकारी गराए।

    ‘ललितपुर महानगरपालिकाले नेपाल ट्राफिक प्रहरीसँग सहकार्य गरेर राम्रा राम्रा काम गरेको यहाँहरूले देख्नुहुनेछ। त्यो समय धेरै टाढा छैन,’ महर्जनले भने,‘हामीले साझा यातायातसँग साझेदार गरेर काठमाडौं भ्याली भित्र सम्भवत दसैको हाराहारीमा विद्युतीय बसहरू चलाउँछौ।’

    महर्जनले साइकल लेन तथा उत्कृष्ट पैदल यात्रुका लागि बाटो बनाउनेबारे अध्ययन भइसकेको जानकारी दिए।

    उपत्यका ट्राफिक महाशाखा प्रमुख बसन्त कुमार पन्तले ललितपुर ट्राफिक प्रहरीको यो कार्य प्रशंसनीय भएको बताए।

    यस्तै कार्यक्रममा उत्कृष्ट कार्य गर्दै दुई जना प्रहरी अधिकृतलाई पुस्कृत गरिएको थियो।

    ललितपुर ट्राफिक प्रहरी प्रमुख हाथेछुलाई १ लाख १ हजार र ईश्वर बञ्जारालाई नगद ५१ हजार रूपैयाँले सम्मानित गरिएको थियो।

    यस्तै भवन निर्माणमा १ लाख भन्दा बढी रकम वा जिन्सी सहयोग गर्नेलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो।

    यसैबीच सम्बोधन गर्नै प्रहरी महानिरीक्षक खनालले गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी दिएका छन्।

    प्रहरी महानिरीक्षक खनालले समाज र संगठन भित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण आफूलाई ‘गम्भीर चोट’ पुर्‍याएको  उल्लेख गर्दै त्यस्ता प्रहरीलाई कडा कार्वाही गर्ने चेतावनी दिए।

    उनले सरकारले दिएको जिम्मेवारी र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक बहन गर्न पनि मातहतका निकायलाई निर्देशनसमेत दिए।

    प्रहरी महानिरीक्षक खनालले सिंगो प्रहरी संगठनमाथि नै लाञ्छना लगाउने काम प्रहरी कर्मचारीबाटै हुने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि कडाईका साथ नियन्त्रण गर्ने दृढता पनि व्यक्त गरे।

    प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न पनि नागरिक समाजका अगुवाहरुलाई अपिलसमेत गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij