आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

५३ वटा डब्बासहित जनकपुर आइपुग्यो ब्रोडगेज रेल

  • प्रकाशित मिति : बिहिबार, अशोज २५, २०७५



  • news

    जनकपुरधाम । पौने सय बर्षसम्म ‘न्यारोगेज’मा संचालनमा भई पाँचबर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा संचालनमा आउने भएको छ ।

    भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच बर्षअघि रेलसेवा बन्द गरिएको थियो ।

    जयनगर–जनकपुर ब्रोडगेज रेलसेवाको भार परीक्षण बुधबार भएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेकाले ब्रोडगेज रेल आगामी मंसिर मसान्तभित्र औपचारिक रुपमा संचालनमा आउने नेपाल रेल सेवा विभागका साइट इन्जिनियर बिनोदकुमार ओझाको दाबी छ ।

    सीमावर्ती भारतीय सहर जयनगरबाट ५३ वटा मालवाहक बोगी (डब्बा)सहित रेल बुधवार दिउँसो जनकपुर आइपुग्यो । उक्त रेलले अनुमानित पाँच हजार टन ब्लास्ट(गिटी) बोकेर जनकपुर आएको इन्जिनियर ओझाले बताए ।

    सन् २०१० मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका क्रममा त्यहाँको सरकारसँग जयनगर–जनकपुर रेलसेवा स्तरोन्नति  गर्ने सम्झौता भएको थियो । -नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij