आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लमजुङमा बन्यो तत्कालिन राजा यशोव्रम्ह शाहको शालिक, प्रधानसेनापतिबाट अनावरण

  • प्रकाशित मिति : आइतवार, अशोज २८, २०७५



  • लमजुङ, असोज २८ । लमजुङको बेसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको लमजुङ दरवारमा यशोव्रम्ह शाहको शालिक निर्माण गरिएको छ । सो शालिकको आइतबार प्रधानसेनापति पुर्णचन्द्र थापाले अनावरण गरे ।

    लमजुङको गाउँशहरमै जन्मिएका प्रधानसेनापति थापाले आफ्नै पहलमा दरवार परिसरमा यशोव्रम्ह शाहको शालिक निर्माण गराएका हुन् । छाउनीस्थित सैनिक संग्रहालयमा कार्यरत हवल्दार माधव पौडेलले शालिक निर्माण गरेका हुन् ।

    पौडेलकाअनुसार तीन महिना लगाएर ६० केजी पित्तलको अर्धकदको शालिक बनाइएको हो । शालिक अनावरण गर्न आएका प्रधानसेनापति थापाले कालिका मन्दिरमा विशेष पुजा अर्चना गरि बलिसमेत दिएका दिए ।

    शाहवंशीय राजाहरुको उद्गमस्थलको रुपमा परिचित गाउँशहरमा १६ औं शताब्दीतिर राजा यशोव्रम्ह शाहले शासन गरेको इतिहासमा उल्लेख छ । मुलुक बाइसे चौविसे राज्यमा विभाजित हुँदा लमजुङमा यशोव्रह्म शाहले राज्य गर्थे । गाउँशहरस्थित लमजुङ दरवारबाट विस्तार भएको शाह राजाहरुको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्दसम्म आईपुगेको थियो ।

    पृथ्वी नारायण शाहले सुरु गरेको राज्य एकीकरणमा गोरखा राज्यसँग मिल्नुअघि लमजुङमा नौवटा राजाले शासन गरेका थिए । यशोव्रम्ह शाहका कान्छा छोरा द्रव्य शाहको सन्ततिमा पृथ्वीनारायण शाह पर्छन् भने लमजुङमा उनका द्रव्य शाहका दाई नरहरी शाह र उनका सन्ततिले शासन गरेको इतिहास छ ।

    सेनाको नेतृत्व सम्हालेपछि पहिलोपटक गृहजिल्ला आएका प्रधानसेनापति थापालाई स्थानीयले अभिनन्दन तथा सम्मान गरेका थिए । प्रधानसेनापति थापालाई बेसीशहर नगरपालिका, लमजुङ उद्योग बाणिज्य संघ, लमजुङ दरवार रहेको बेसीशहर–३ वडा कार्यालय एवं उनले अक्षारम्भ गरेको लमजुङ मावि गाउँशहरले अभिनन्दन गरेको थियो ।

    ऐतिहासिक दरवारको संरक्षण र प्रवर्द्धनमा विषेश चासो दिएका प्रधानसेनापति थापाले लमजुङ माविका लागि एकलाख रुपैयाँ सहयोग गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij