मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सूर्यविनायकमा अनुगमन : गुणस्तरहीन मासु बिक्री

  • प्रकाशित मिति : आइतवार, अशोज २८, २०७५



  • भक्तपुर, असोज २८ । सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन मासु बिक्री वितरण भइरहेको पाइएको छ ।

    आज सूर्यविनायक नगरपालिकाले सूर्यविनायकदेखि सल्लाघारीसम्म रहेको मासु पसलको अनुगमन गर्दा अधिकांश मासु पसल फोहर, हरियो झिङ्गा भन्केको, गन्हाउने र खान योग्य नभएको मासु बिक्री गरेको पाइएको हो ।

    नगरपालिकाका उपप्रमुख जुना बस्नेतको नेतृत्वमा बजार अनुगमन शाखा, स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरी र सञ्चारकर्मीसहित कर्मचारीको टोलीले बजार अनुगमन गरेको हो ।

    अनुगमनको क्रममा अधिकांश मासु पसल नगरपालिकामा दर्ता नभएको, मूल्य सूची नराखिएको, साइनबोर्ड नभएको, बिक्री रसिद नभएको, कुखुरा र राँगाको मासु एउटै फ्रिजमा राखिएको, नापतौल बिगारेको, सिसी क्यामेरा प्रयोग नभएको, एप्रोनको प्रयोग नगरिएको र खान योग्य नभएको मासु बिक्रीमा राखिएको पाइएको थियो ।

    अनुगमनका क्रममा फ्रेस मिट कर्नरमा राँगोको मासु अव्यवस्थित, फोहर र झिङ्गा भन्किएको बिक्री गरिरहेको पाइएको थियो । यसमा राँगोको टाउँको, खुट्टा, भूँडी, यत्रतत्र भूइँमै छरेर राखेको, अन्य मासु फोहर ठाउँमै राखेर बिक्री गरेको र गहाउने मासुसमेत बिक्री गरेको पाइएको छ ।

    त्यससँगैको माइला दाइको मासु पसलमा दर्ता नभएको, बोर्ड नराखिएको र बाहिरै झिङ्गा भन्काएर राख्दै मासु बिक्री गरिरहेको पाइएको थियो । मासु राखेको कोठा अत्यन्तै फोहर, मासु राख्ने ठाउँमै कुकुरको खोर राखिएको, फ्रिजसमेत नराखिएको पाइएको छ ।

    सूर्यविनायक मिट सपको तल्लो पसलमा राँगो र कुखुराको मासु एकै ठाउँमा राखेर बिक्री गरेको, नापतौल नमिलेको, फोहर मासु बिक्री गरेको पाइएको थियो । माथिल्लोमा पनि कुखुराको मासु धेरै नै फोहर गरिराखेको र बिक्री गरेको पाइएकोे छ । सरकारको रु २५ लाख अनुदानमा सूर्यविनायकमै सञ्चालित अर्पण मासुपसल अहिलेसम्म नगरपालिकामा दर्ता नगरेको र फ्रिज अत्यन्तै फोहर गरिराखेको पाइएको थियो । अनुदान लिएअनुसार पसल व्यवस्थित नगरेको र फोहर पाइएको छ ।

    सूर्यविनायककै जय मिट शप पनि दर्ता नगरी सञ्चालन भएको पाइयो भने सल्लाघारीको समिरा मिट शप र सूर्य कोल्डस्टोरमा फोहर र खान योग्य नभएको मासु बिक्री गरेको पाइएको थियो ।

    नगरपालिकाका उपप्रमुख बस्नेत, नगरपालिकाका अनिरुद्र नेपाल, पूर्णचन्द्र शर्मा, रामचन्द्र सापकोटा, शोभा घिमिरे, सुमित्रा थापा, नगरप्रहरी विश्वराम नगरकोटी र सञ्चारकर्मी सहितको टोलीले मासु पसलको अनुगमन गरेको थियो । अनुगमनमा सबै पसललाई दशैँलगत्तै सात दिनभित्र पसल दर्ता र नवीकरण गरिसक्नुपर्ने, मासु पसलमा तत्काल सुधार गर्नुपर्ने लगायतका निर्देशन दिएको नगरपालिकाका उपप्रमुख बस्नेतले बताए । उनले निर्देशन पालना नगर्ने मासु पसलमा सिलबन्दी गरिने बताए ।

    नगरपालिकाको मापदण्ड विपरीत सञ्चालित मासु पसल बन्द गराइने बताउँदै उपप्रमुख बस्नेतले पहिलो पटक सचेत गरिएको र दोस्रो पटक पसल बन्द गराइने बताए ।

    नगरपालिकाका प्रमुख वासुदेव थापाले दशैंपछि पसल तथा व्यवसाय दर्तालाई कडाइका साथ लागू गर्ने बताए ।

    उनले व्यवसाय दर्ता नगर्ने, कर छलि गर्ने, अखाद्य वस्तु बिक्री गर्ने र नगरपालिकाको मापदण्ड विपरित सञ्चालन गर्नेलाई कारवाही गरिने बताए । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij