मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

१० वर्षीया बालिकाको बलात्कार र हत्याका आरोपित दुईजना पक्राउ

  • प्रकाशित मिति : आइतवार, अशोज २८, २०७५



  • जनकपुर, असोज २८ । धनुषामा एक १० वर्षीया बालिकाको सामूहिक बलात्कार पश्चात हत्या गरेको आरोपमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    आज प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनीक गरेको हो । धनुषा जिल्लाको औरही गाउँपालिकाका रामअशिष यादवका १० वर्षकी छोरी मनिताकुमारी यादवको शुक्रबार राति बलात्कार पश्चत हत्या गरिएको थियो ।

    बलात्कारपछि हत्याको अभियोगमा सोही गाउँपालिकाका विनोद मुखिया र नथुनी पण्डितलाई पक्राउ गरिएको हो । दुबै आरोपीले आफ्ना अभियोग स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।

    शुक्रबार राति ९ बजे खाना खाएर मेला हेर्न गएकी बालिका विहानसम्म घर नफर्किदा परिवारजनले खोजविन शुरु गरेको थियो । सोही क्रममा बलात्कार पश्चात हत्या गरेको अवस्थामा बालिका शव शनिवार दिउँसो घरबाट झण्डै १ किलोमिटर टाढा धान खेतमा फेला परेको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij