आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुई कोरियाबीच कोरियाली प्रायद्वीपमा रेलमार्ग निर्माण सहमति

  • प्रकाशित मिति : सोमवार, अशोज २९, २०७५



  • सोल, असोज २९ । उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको छ ।

    कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो ।news

    सो निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको अन्त्य या डिसेम्बरको पहिलो हप्ता उक्त स्थानमा आयोजना गरिने भएको छ ।

    सो कार्यक्रमपछि यो रेलमार्ग निर्माणसम्बन्धी कार्यको सुरुआत गरिने पनि जनाइएको छ ।

    दुई कोरियाबीचको यो सहमति कोरियाली प्रायद्वीपमा रहेका पानमुन्जोम गाउँ र दक्षिण कोरियाली क्षेत्रमा रहेको शान्ति भवनमा भएका विभिन्न उच्चस्तरीय वार्तापछि भएको ‘योन्हाप’ समाचार समितिले जानकारी दिएको छ ।

    दुवै देशका प्राविधिकहरु र रेलसेवा विभागका अधिकारीहरुले गरेको स्थलगत निरीक्षणपछि सो सहमति भएको थियो ।

    रेलमार्ग निर्माणका लागि स्थलगत निरीक्षण गर्नका लागि पनि सुुरुमा दुई कोरियाबीच पत्राचार भएको जनाइएको छ । रासस/सिन्ह्वा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij