आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रहरीको निःशुल्क बस सेवा आजदेखि

  • प्रकाशित मिति : बुधबार, अशोज ३१, २०७५



  • काठमाडौं, असोज ३१ । दसैंका बेला सार्वजनिक यातायातको अभाव नहोस् भनेर नेपाल प्रहरीले बुधबारदेखि निःशुल्क बस सेवा सन्चालन गरेको छ ।

    उक्त बस सेवा अष्टमी, नवमी र दशमी गरी तीन दिनसम्म निःशुल्करुपमा सन्चालन हुने प्रहरीले जनाएको छ ।

    बस सेवा उपत्यकाका तीनओटा रुटमा सन्चालन हुनेछन् ।news

    दसैंमा सार्वजनिक यातायात कम चलेपछि यात्रीको सहजताका लागि निःशुल्क बस सेवा सन्चालनमा ल्याइएको नेपाल प्रहरीले जनाइएको छ ।

    प्रहरीकाअनुसार पहिलो रुटको बस कलंकीबाट एकान्तकुना, पुल्चोक, माइतीघर हुँदै पुतलीसडक, रत्नपार्कसम्म चल्नेछ ।

    यो बसले रत्नपार्कबाट त्रिपुरेश्वर, कालिमाटी, कलंकी हुँदै सोही रुटमा पुनः परिक्रमा गर्नेछ ।

    यसैगरी, दोस्रो रुटको बस कोटेश्वरबाट सहिदगेट हुँदै महाराजगन्ज नारायणगोपाल चोक, गौशाला हुँदै मैतीदेवी परिक्रमा गरी सोही रुटमा फर्कनेछ ।

    त्यस्तै, नयाँ बसपार्कबाट चाबहिल, नक्साल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक हुँदै बसपार्क पुग्नेछ ।

    चक्रपथको बाहिरी र भित्र दुवै स्थानका सर्वसाधारणका लागि सहज होस् भन्ने हिसाबले रुट तय गरिएको नेपाल प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij