आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल-थाइल्यान्डबीच हप्तामा ४२ वटासम्म सिधा उडान हुने

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ६, २०७५



  • नेपाल र थाइल्यान्डबीचको द्विपक्षीय हवाई सम्झौता पुनरावलोकन हुने भएको छ। सन् १९७१ मा पहिलोपटक भएको हवाई सम्झौता पुनरावलोकन हुन सकेको थिएन। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थाइल्यान्डसँग हुने हवाई सम्झौताको तयारी गरिरहेको छ।

    सम्झौताका सर्त र बुँदाहरूमा मोटामोटी सहमति भइसकेको र नोभेम्बर १ र २ मा वार्ता गर्न नेपाली पक्ष थाइल्यान्ड जाने मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए।

    यसअघि दुई देशका एयरलाइन्सले हप्तामा १० वटासम्म उडान गर्न मिल्ने व्यवस्था गरेको थियो। यो साप्ताहिक उडानलाई विस्तार गरेर ४२ वटासम्म पुर्‍याउने सम्झौताको प्रस्ताव तयार भएको छ।

    नेपालले गरेको प्रस्तावमा थाइल्यान्डका अधिकारीहरू सहमत भइसकेका नेपाली पक्षको भनाइ छ।

    यसमा नेपालले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा २१ वटासम्म उडान अनुमति दिने र काठमाडौं बाहिरका विमानस्थलमा थप २१ वटासम्म उडान गर्न मिल्नेगरी सम्झौता हुन लागेको हो।

    काठमाडौंमा साँघुरो भएकोले २१ वटाभन्दा बढी हप्तामा उडान अनुमति दिन मिल्ने अवस्था नभएको तर काठमाडौं बाहिर बनिरहेका विमानस्थलमा उडान गर्न भने थप २१ उडान अनुमतिका लागि अहिलेकै सम्झौतामा व्यवस्था गरिन लागेको हो।

    सम्झौतामा काठमाडौंमा २१ वटा र नेपालका अन्य विमानस्थलबाट पनि थप उडान गर्न मिल्ने व्यवस्था गरेर भविष्यमा विमानस्थल बनेपछि उडान अनुमतिका लागि सहज पार्ने तयारी भएको अधिकारीहरुको भनाइ छ।

    अहिले थाइल्यान्डका थाइ एयरवेज र थाइलायन एयरलाइन्सले नेपालमा उडान गरिरहेका छन भने नेपालबाट नेपाल एयरलाइन्सले उडान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij