प्रकाशित मिति : बुधबार, कार्तिक ७, २०७५
भारतको प्रसिद्ध ‘जी सिने अवार्ड’ कार्यक्रमको लागि प्रि–फ्याब भवन नबन्ने भएको छ। भक्तपुरको ठिमीस्थित नागरिक उड्ययन प्राधिकरणको १ सय ८९ रोपनी जग्गामा बन्ने भनिएको भवन नबन्ने भएको हो।
सहरी विकास मन्त्रालयका महानिर्देशक मणिराज जेलालले नयाँ सचिवको पदस्थापनाको क्रममा भवन नबन्ने कुरा बताएका हुन्।
जी टेलिभिजन नेटवर्कका सञ्चालक सुभाष चन्द्रले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि सिने अवार्ड नेपालमा गर्ने घोषणा गरेका थिए। सरकारले ठिमीमा प्रि–फ्याब भवन बनाउने भनेको थियो।
जी सिनेको कार्यक्रमका लागि भवन नबनेता पनि ठूलो सम्मेलन गर्ने भवन बनाउने याेजना भएको जेलालले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij